ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बीमा पत्रकारसँग नेपाल पुनर्बीमा कम्पनीको अन्तरक्रिया

२०७८ मंसिर, ५  
बजार
NA

काठमाडौं (अस) । नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)ले बीमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कम्पनीले शनिवार ललितपुरको होटल हिमालयमा उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो । बीमा पत्रकारिताको क्षमता अभिवृद्धिको विषयमा केन्द्रित भएर अन्तरक्रिया गरिएको कार्यक्रममा नेपालको पुनर्बीमा बजारबारे पनि छलफल भएको छ ।

कार्यक्रममा कम्पनीले बीमा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालीम लगायत कार्यक्रम सञ्चालनको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरेले बीमा पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गरिने बताएका छन् ।

बीमा पत्रकारहरूले आफूहरूको विषयगत क्षमता अभिवृद्धिका सम्बन्धित कम्पनीहरूको ध्यान नपुगेको भन्दै कार्यक्रमको शुरुआत नेपाल रीबाट हुनुपर्ने बताएका थिए । यससम्बन्धी कार्यक्रमको मोडालिटी अब छिट्टै तयार गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्