ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

वित्तीय जोखिम नहुनेगरी लगानी गर्नुपर्नेमा जोड

२०७८ मंसिर, ५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । वित्तीय क्षेत्रमा देखापरेको असहजतातर्फ संकेत गर्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले कर्जा, पूँजी र निक्षेपको अनुपातलाई ध्यानमा राखेर लगानी गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङले पूर्वअध्यक्ष स्व. महेन्द्र गोल्छाको स्मृतिमा आयोजना गरेको ‘नेपालमा मौद्रिक नीतिको अभ्यास र समकालीन आर्थिक विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो धारणा राखेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको सूक्ष्म विश्लेषण गरी आफ्नो क्षेत्रबाट निजीक्षेत्रले खबरदारी गर्नुपर्ने समेत उनले सुझाए ।

‘मौद्रिक नीति आधारभूत सिद्धान्त, निर्देशन, योजना र प्राविधिक पक्षलाई आधार मानेर निर्धारण गरिन्छ,’ उनले भने, ‘यसको समीक्षा अवधिमा नीतिले लिएको लक्ष्य प्राप्ति भए÷नभएको विश्लेषण गरी कमी–कमजोरी सच्याउँदै परिमार्जन गर्नुपर्ने हुन्छ ।’ समकालीन आर्थिक विकासले मौद्रिक नीतिको दिशा र दायरालाई तय गर्ने भन्दै उनले देशको समसामयिक आर्थिक विकासको विश्लेषण गर्दा राष्ट्रिय नीतिलाई केन्द्रमा राखिनुपर्ने बताए ।

कार्यक्रममा अर्थशास्त्री डा. अर्जुन बरालले मौद्रिक नीति राज्यको आर्थिक नीति निर्धारणका लागि महत्त्वपूर्ण पाटो भएकाले कर्जा व्यवस्थापन र ब्याजदर निर्धारणमा यसको सान्दर्भिककता बढी रहने बताए । मौद्रिक नीतिको तर्जुमा गर्दा कार्यान्वयनको गहनता र त्यसको परिणामको प्रभावकारितामा विशेष ध्यान पुर्‍याइनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय क्षेत्र स्थिर नभएकाले दीर्घकालीन महत्त्व बोकेका परियोजनाको लगानीमा प्रभाव परिरहेको बताए । वित्तीय स्थिरताका लागि निरीक्षण र सुपरिवेक्षणको आवश्यकता उनले औंल्याए । स्वस्थ वित्तीय प्रणालीको विकास एवं सबलीकरण गरी सामाजिक जवाफदेहिता सहित सर्वसाधारणको विश्वास अभिवृद्धि गर्नुपर्ने धारणा राख्दै उनले मौद्रिक नीतिको समीक्षा गरी विद्यमान वित्तीय संकटको दीर्घकालीन समाधान गरिनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रका संयोजक बिजु थपलियाले पूर्वाञ्चल विश्वविद्यालय स्नात्तकोत्तरमा अध्ययनरत पाँच छात्रछात्रालाई विभिन्न विद्यामा अनुसन्धान तथा शोधका लागि ५० हजार रुपैयाँसम्म सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्