ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. ४०० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आफूले लिन चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वक निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्