ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

इन्फिनिटी लघुवित्तद्वारा २९.१६ % लाभांश प्रस्ताव

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आव २०७७/  ७८ को मुनाफाबाट शेयरधनीलाई २९ दशमलव १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आव २०७७/  ७८ सम्मको वितरण योग्य मुनाफाबाट २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्