ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

उन्नति सहकार्य लघुवित्तले प्रस्तावित लाभांश संशोधन गर्‍यो

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । 

कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन  निर्देशन दिएकाले लाभांश संशोधन गरेको बताएको छ ।

अव कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्