ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

यस वर्ष साल्ट ट्रेडिङ्ग कर्पोरेशनको खुद नाफा करीब ६५ % घट्यो 

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । 

उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्ष यसै अवधिको तुलनामा ६४ दशमलव ९४ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ३९ लाख ३५ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४८ लाख ८५ हजार मात्र यो नाफा गरेको हो । 

कम्पनीको कुल आम्दानी गत वर्षभन्दा यस वर्ष १६ प्रतिशत कम भएको छ । गत वर्ष रू. २६ करोड ७८ लाख ३५ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २२ करोड ४७ लाख ५० हजार यो आम्दानी गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ४ लाख २९ हजार छ भने कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ३१ करोड ७६ हजार छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ४४९ दशमलव दशमलव ६४ छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्