ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

लाभांश पारित गर्न मुक्तिनाथ विकास बैंकले बोलायो मंसिर २५ मा साधारण सभा 

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गते बोलाएको छ । 

कम्पनीले सभा बिहान ९ बजे होटल जलमहल, घारीपाटन, पोखरा कास्कीमा गर्ने जानकारी दिएको छ ।सभाले १७ दशमलव ५७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै सभाका लागि यस मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १५ गते बन्द रहनेछ । यस आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्