ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कति छन् नेपालमा बैंक तथा वित्तीय संस्था ? (हेर्नुस् नामावली)

२०७८ मंसिर, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा इजाजत पाएका बैंक तथा वित्तीय संस्थाहरूको नामावली सार्वजनिक  गरेको छ ।

ती सवै राष्ट्रिय कार्य क्षेत्र भएका कम्पनीहरु हुन् । केन्द्रीय बैकका अनुसार क वर्गका वाणिज्य बैंकहरुको संख्या २७ ओटा रहेको छ । त्यसैगरी ख वर्गका विकास बैंकहरुको संख्या १८ ओटा रहेको छ । जसमध्ये १७ ओटा राष्ट्रिय कार्य क्षेत्र भएका कम्पनी हुन् भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड मात्र प्रदेशस्तरको कार्यक्षेत्र भएको कम्पनी हो ।

यसैगरी ग वर्गका वित्त कम्पनीहरुको संख्या १७ ओटा रहेको छ । जसमध्ये १५ ओटा राष्टिय कार्य क्षेत्र भएका कम्पनी हुन् भने जानकी फाइनान्स(प्रदेश नं २) र मल्टीपर्पस फिनान्स प्रदेश(प्रदेश नं २) स्तरको कार्यक्षेत्र भएका कम्पनी हुन् ।केहि कम्पनीहरु भने खारेजीको प्रक्रियामा रहेको केन्द्रीय बैंकले बताएको छ ।

त्यस्तै घ वर्गको  लघुवित्त कम्पनीहरुको संख्या उक्त अवधिसम्ममा ६९ ओटा रहेको छ ।जसमध्ये केहि कम्पनीहरु मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका छन् ।

त्यस्तै अन्य वित्तीय संस्थाहरु १५ ओटा रहेका छन् ।जसमध्ये केहिले हायर पर्चेज कारोबार गर्ने गर्दछन्  । यसैगरी पूर्वाधार विकास बैंकको रुपमा एउटामात्र नेपाल पूर्वाधार  विकास बैंक रहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्