ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान

२०७८ मंसिर, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको ईस्तानबुलमा मंसिर ७ गतेदेखि इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतवार प्रस्थान  गरेका छन् ।

नेपाल सेन्टरल ब्युरोका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँग प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानसमेत सहभागी छन् ।

उनीहरुलाई  प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदाई  गरेका छन् ।

१९४ ओटा इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेको छ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्