ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पहिलो त्रैमासमा मेट लाइफ इन्स्योरेन्सको नाफा १० % घट्यो

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १० दशमलव ५७ प्रतिशतले घटेको छ ।

गत आवमा रू.७ करोड ५५ लाख ११ हजार नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू.६ करोड ७५ लाख २४ हजारमा झरेको हो । चालू आवमा कम्पनीको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । 

कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ९ दशमलव ८ प्रतिशतले घटेको छ । गत आवमा रू. १० करोड ४४ लाख ४४ हजार आम्दानी  गरेको उक्त कम्पनीले चालू आवमा रू. ९ करोड ४१ लाख ९९ हजारमा सीमित भएको हो । 

कम्पनीले जगेडामा रू. २ अर्ब ७४ करोड र जीवन बीमा कोषमा रू. १९ अर्ब ७४ करोड ५९ लाख ५६ हजार सञ्चित गरेको छ । कम्पनीको जगेडा गत आवको तुलनामा चालू आवमा ९ प्रतिशत र जीवन बीमा कोष ७ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी कम्पनीले चालू आवमा रू. १ अर्ब ३० करोड ३५ लाख बीमाशुल्क खुद आर्जन गरेको छ । 

गत आवको तुलनामा यो बीमाशुल्क ११ दशमलव ५४ प्रतिशत  वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १ अर्ब १६ करोड ८६ लाख ६८ हजार बीमाुशल्क आर्जन गरेको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्