ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नागरिक लगानी कोषले बिदाई गर्‍यो अध्यक्ष भट्टराई र सञ्चालक साउदलाई 

२०७८ मंसिर, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । नागरिक लगानी कोषले अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक  चन्द्रसिंह साउदलाई बिदाई गरेको छ । 

कोषका अध्यक्ष भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थ मन्त्रालयको गत कात्तिक २८ गतेको पत्रानुसार डा भट्टराईको पदावधि समाप्त भएको हो ।  बिदाई कार्यक्रममा डा भट्टराईले बोर्ड र कार्यकारी निर्देशक बीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउँदै आफुले ३७ महीनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए । 

त्यसैगरी सञ्चालक साउदले आफनो कार्यकालमा गरेको सहयोगको लागि सबै सञ्चालकहरुलाई धन्यबाद दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र सञ्चालकले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।उनले कोषकोे कार्यलाई विधिसम्वत तरिकाले अघि बढाउँदै लाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्