ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थप २३८ जनामा कोरोना संक्रमण, ३७० जना संक्रमणमुक्त

२०७८ मंसिर, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । आइतवार पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ८४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २७८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २३८ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको छ ।

यसैगरी, आइतवार ३७० जना निको भएसँगै हालसम्म ८ लाख ३५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्