ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

समायोजनपछि पनि २.३७ % घट्यो फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य  

२०७८ मंसिर, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार समायोजनपछि पनि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । 

कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको थियो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार १४ को आधारमा नेप्सेले बोनसपछिको मूल्य रू. ९२१ दशमलव ८२ तोकेको थियो । 

समायोजन पछि रू. ९४० मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. ८८५ देखि अधिकतम रू. ९४० सम्म पुगेर अन्तिम मूल्य रू. ९०० मा झरेको हो । यस दिन समायोजनपछि पनि कम्पनीको शेयरमूल्य २ दशमलव ३७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २१ दशमलव ८२ ले घटेको हो । यस दिन कम्पनीको रू. १ करोड १८ लाख २७ हजार बराबरको १३ हजार १६२ कित्ता शेयर कारोबार भएको छ । 

कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकिदिएको हो । 

आइतवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । आइतवारदेखि कारोबारमा सहभागी लगानीकर्ताहरुले भने कम्पनीको प्रस्तावित लाभांश पाउनेछैनन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्