ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सामलिंग पावर कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा 

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाण्डौ । सामलिंग पावर कम्पनी लिमिटेडको आईपीओ आइतवारदेखि शेयरधनीको डिम्याट खातामा आएको छ ।

कम्पनीको स्टक कोड एसपीसी रहेको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीले  गत कात्तिक चार गते  ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले शेयर दाखिल खारेज, नामसारी,धितोबन्धक, डिम्याट लगायतका कार्य गर्न शेयर रजिष्टारमा गत कात्तिक १७ गतेदेखि लागू हुने गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्