ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१८औं हस्तकला मेला सम्पन्न, ८ करोड बराबरको कारोबार

२०७८ मंसिर, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंंसिर ५, काठमाडौं । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । 

नेपाल हस्तकला महासंघद्वारा काठमाडौंको हायात होटलमा आयोजित तीन दिनसम्म चलेको उक्त मेलामा करीब आठ करोड रुपैयाँको कारोबार भएको छ । 

समापन कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढिले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रवार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले जानकारी गराए । दोस्रो दिन शनिवार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यको भनाइ छ ।

महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गरिन् । सो अवसरमा १६औं कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएका छन् भने पुनः महर्जन द्वितिय र आशा माया महर्जन तृतीय हुन सफल भएका छन् ।

त्यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितिय र राम बज्राचार्य तृतीय हुनुभएको छ । प्रथम द्धितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरुको हस्तकला महासंघले नै खरीद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको मेलाको समापन वागमति प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गरे । मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्