ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम्सले बोलायो आठौं वार्षिक साधारण सभा

२०७८ मंसिर, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम्स लिमिटेडले मंसिर २७ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आरण्य बुटिक होटल, नक्साल, काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभाको प्रस्तावमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर वा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्