ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

चार्टर्ड क्यापिटलको पाँचौं साधारण सभा मंसिर २७ गते, २१.०५% लाभांशको प्रस्ताव

२०७८ मंसिर, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सरस्वतीनगरमा दिउँसो ३ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर वा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्