ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

२०७८ मंसिर, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १२ दशमलव ६११ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४०८ दशमलव ४९ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४६० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १२ दशमलव ६११ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनाको लागि ३ दशमलव ३८९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नै केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा मंसिर १७ गते ३५औं वार्षिक साधारण सभा बोलाएको छ  । 

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्