ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ह्याप्पी बोर्डरको सम्भावना

२०७८ मंसिर, ६  
सम्पादकीय
Image Not Found

सीमा जोडिएका मुलुकहरूबीच सीमाक्षेत्रलाई लिएर किचलो हुने र त्यसको असर व्यापार व्यवसायमा समेत पर्ने गरेको सन्दर्भमा वीरगञ्जका सरोकारवालाहरूले ह्याप्पी बोर्डर बनाउन सुझाव दिएका छन् । नेपालको प्रमुख व्यापारिक साझेदार भारत रहेको र सामान आयातको प्रमुख केन्द्र मानिएको वीरगञ्ज र सीमापारिको रक्सौल क्षेत्रलाई ह्याप्पी बोर्डर बनाउ“दा दुवै देश निकै लाभान्वित हुन सक्ने देखिएको छ ।

ह्याप्पी बोर्डर स्थल सीमामा हुन्छ, जसको दुवैतिर बस्ती शहर नै छन् । दुवै देशले ह्याप्पी बोर्डरको अवधारणामा पर्यटक आकर्षणको कुरा बनाएर प्रस्तुत गरेका छन् । सीमा खुला भएका कारण समस्या भएको छैन । त्यही कारण त्यस क्षेत्रका बासिन्दा खुशी छन् ।

नेपाल र भारतबीच खुला सिमाना रहेको छ । यस्तो खुला सिमाना रहेका देशहरू बिरलै छन् । नेपाल र भारतबीच निकै पुरानो सम्बन्ध रहेको र धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्धका कारण यी दुई देशबीचको सम्बन्ध विशेष छ । तैपनि भारतले नेपाली सीमा मिचेको छ र यसमा विवाद भइरहेको छ । यस्तोमा सीमाक्षेत्रका विवादलाई समाधान गर्दै यसलाई ह्याप्पी बोर्डर बनाउन सकिन्छ । दुई देशको सिमानालाई लिएर ठूलाठूला युद्ध हुने गरेका छन् भने एउटा घर र सडक दुई देशमा पर्दा पनि त्यहाँका नागरिकहरू मिलेर खुशीसाथ विवाद नगरी बसेको समेत पाइन्छ । जर्मनी र स्वीट्जरल्यान्डका केही सिमानामा यस्तै पाइन्छ । त्यहाँका नगरपालिकाहरूसमेत मिलेर काम गर्ने गर्छन् । यस्तै अवधारणालाई नै ह्याप्पी बोर्डर भनिएको हो । नेपाल र भारतका बस्तीहरूबीच यस्तै सम्बन्ध कायम गर्न सकिन्छ ।

ह्याप्पी बोर्डरका लागि केही पूर्वाधारहरू बनाउनुपर्ने हुन्छ । त्यस्ता पूर्वाधारहरू दुवै देशका नागरिकका लागि महत्त्वपूर्ण र उपयोगी हुनुपर्छ । ह्याप्पी बोर्डर स्थल सीमामा हुन्छ जसको दुवैतिर बस्ती शहर नै छन् । दुवै देशले ह्याप्पी बोर्डरको अवधारणामा पर्यटक आकर्षणको कुरा बनाएर प्रस्तुत गरेका छन् । सीमा खुला भएका कारण समस्या भएको छैन । त्यही कारण त्यस क्षेत्रका बासिन्दा खुशी छन् । नेपाल र भारतको सिमानामा पनि यस्तै बोर्डर बनाउन सकिने सम्भावना छ । त्यो सम्भावनालाई वीरगञ्जले पहिचान ग¥यो । यो सकारात्मकम सोच हो । तर, यसको कार्यान्वयन त्यति सहज भने देखिँदैन ।

वीरगञ्जकै जस्तो अवस्था भएका धेरै सीमा क्षेत्र रहेका छन् । दुई देश भए पनि समान संस्कृतिका कारण केही धार्मिकस्थल भारततिर त केही स्थल नेपालतिर परेका छन् । बुद्धको जन्मभूमि नेपालतिर छ भने उनले बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाणसम्मका क्षेत्र भारततिर छन् । बुद्धिस्ट सर्किटको अवधारणा ल्याइए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । ह्याप्पी बोर्डरको अवधारणाअनुसार यो सर्किटलाई उपयोग गर्न सकिन्छ ।

यस्तो सीमा दुई देशका मानिसमात्र आवतजावत मात्र गर्ने होइन, तेस्रो मुलुकका मान्छे पनि यो हेर्न आउँछन् । तर, ह्याप्पी बोर्डर बनाउन दुवै देशका केन्द्र, प्रदेश र स्थानीय तहमा समझदारी बनाउँदै जानुपर्छ । त्यसमा पनि मुख्य नीति केन्द्रबाट नै बन्नुपर्छ । भारततर्फमात्र होइन, नेपाल चीन बोर्डरमा पनि यस्तो गर्न सकिन्छ ।

ह्याप्पी बोर्डर बनाउन दुवै सिमानाका बासिन्दा खुशी रहन सक्नुपर्छ । उनीहरू सुरक्षित रहन सक्नुपर्छ । त्यसैअनुसार पूर्वाधार र अन्य नीतिहरू तय गरिनुपर्छ । वीरगञ्ज सीमा नाकामा दुवै देशका बासिन्दाबीच सम्बन्ध राम्रो देखिन्छ । तर, दुवै देशका केन्द्र सरकार र प्रदेश सरकारले यसबारे कुनै सोच बनाएको देखिँदैन । स्थानीय जनप्रतिनिधिहरूबीच भने विभिन्न अवसरमा विभिन्न अवसरमा सहकार्य भइरहेका पाइन्छन् । त्यसै आधारमा यसलाई ह्याप्पी बोर्डरको प्रस्ताव आएको हो । साँचै त्यस्तो बोर्डर बनाउने हो भने दुवै देशका स्थानीय जनप्रतिनिधिले प्रदेश र केन्द्र सरकारलाई घचघच्याउनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्