ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एभरेस्ट ग्यासको ब्रान्ड एम्बेसडरमा दीपा र दीपक

२०७८ मंसिर, ६  
बजार
NA

काठमाडौं (अस) । एभरेस्ट ग्यासले कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । एभरेस्ट ग्यास संसार नेपालकै पुरानो र ठूलो ग्यास उद्योग समूह हो, जसको एभरेस्ट (काठमाडौं), त्रिशूल (भैरहवा), कामाख्य (सुनसरी), प्रिमा (सुनसरी), सहारा (हेटाैंडा), सैपाल (कैलाली) र सुगम (धादिङ) ग्यास गरी ७ वटा ग्यास ब्रान्ड रहेका छन् ।

हाल ३ हजार डिलरमार्फत करिब २० लाख सिलिन्डर खपत हुँदै आएको कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनले एभरेस्ट ग्यास संसारमार्फत ७ वटा ब्रान्डलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई सेवा उपलब्ध गराइँदै आएको जानकारी दिए । ब्रान्ड एम्बेसडर नियुक्त भएपछि दुवै जनाले कम्पनीका विभिन्न ब्रान्डका ग्यासको बजार प्रवर्द्धनमा सघाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्