ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ज्योति विकास बैंकको डिजिटल बैंकिङ सेवा स्तरोन्नति

२०७८ मंसिर, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं अस) । ज्योति विकास बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवा मोबाइल बैंकिङ एप वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुरु गरेको हो ।

बैंकले मंसिर ५ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड गरेको हो ।

ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड भएसँगै ग्राहकले बैंकका विभिन्न सेवासम्बन्धी जानकारी, खाता विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, सेल्फ एकाउन्ट लिंक, अनलाइन रकम भुक्तानीका साथै डिजिटल बैंकिङसम्बन्धी समस्या परे उजुरी दिनेलगायत सेवाको लाभ मोबाइल बैंकिङ एप र वेब ब्राउजबाट उठाउन सक्नेछन् ।

बैंक खाता नभएका प्रयोगकर्ताले सेल्फ रजिस्ट्रर गरी बैंकले दिँदै आएका विभिन्न सेवासम्बन्धी जानकारी पाउन सक्नेछन् । बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्