ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेटलाइफ फाउन्डेसन–ह्याबिट्याट फर ह्युमानिटी साझेदारी

२०७८ मंसिर, ६  
बजार
Image Not Found

काठमाडौं (अस) । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युमानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को बन्दाबन्दीबाट प्रभावित घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युमानिटी नेपालका कर्मचारीले खाद्य र आधारभूत सरसफाइका  सामग्री कञ्चनपुरका पूर्वहलिया, मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन् । मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँ ती परिवारलाई ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाका लागि चामल, दाल, खानेतेल, नुनलगायत खाद्य सामग्री, मास्क, साबुन, सरसफाइका सामग्री वितरण गरिनेछ  ।

‘कोभिड–१९ महामारीबीच मेटलाइफले प्रभावित परिवारका आकस्मिक आवश्यकता  सम्बोधन गर्न राहतका सामग्री वितरण गरिरहेको छ । ह्याबिट्याट फर ह्युमानिटी नेपालसँगको साझेदारीबाट  देशका विपन्न परिवारको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने आशा लिएका छौं’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने । ह्याबिट्याट फर ह्युमानिटी नेपालको आश्रयका लागि खाना कार्यक्रमले कम गुणस्तरको आवाससम्बन्धी दीर्घकालीन विषय समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । यो संस्थाले पनि विपन्न र सीमान्तकृत परिवारलाई सुरक्षित आश्रय निर्माण र कोभिडले पारेको तत्कालीन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्