ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

२०७८ मंसिर, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २५० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन, तथा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्