ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबको सहयोग

२०७८ मंसिर, ६  
बजार
NA

काठमाडौं (अस) । दया फाउन्डेसनद्वारा सहयोग दिइँदै आएको काठमाडौंको लगनस्थित आजाद आधारभूत विद्यालयमा ०७२ को  भूकम्पले भौतिक संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या भइरहेको छ ।

विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन रोटरी भूकम्प राहत कार्यक्रमअन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले विद्यालयको कक्षाकोठा निर्माण गरिदिएको छ ।क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरसमेत उपलब्ध गराएको छ ।

कार्यक्रममा दया फाउन्डेसनका पूर्वअध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान, फाउन्डेसनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाडौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नवनिर्मित कक्षाकोठासँगै डेस्क, बेन्च, कम्प्युटर टेबललगायत सामग्री हस्तान्तरण गरियो ।फाउन्डेसनका अध्यक्ष प्रधानले विद्यालयको गुणस्तरीय शिक्षाका रोटरी क्लबले उपलब्ध गराएको सहयोगपछि करिब १ सय बालबालिका लाभान्वित हुने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्