ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बालाजु अटो वर्कसपका थप शाखा विस्तार

२०७८ मंसिर, ६  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि महिन्द्रा फोरह्वीलरको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कसपले थप स्थानमा शाखा विस्तार गरेको छ । कम्पनीले लोक सुशीला अटो कन्सर्न मातहतमा रहने गरी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

बालाजु अटो वर्कसपले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप कपिलवस्तु, मैनाबगर अटोल्यान्ड मैनाबगर, रामपुर अटो भिलेज र लक्ष्मी मोटोकेयर पाल्पामा शाखा विस्तार गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले हालै मैनाबगर अटो ल्यान्ड उद्घाटन गरे । दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसपको पनि सोही दिन बालाजु अटो वर्कसपका स्पेयर्स हेडले उद्घाटन गरे । ‘कम्पनीको नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सब–डिलर सञ्चालनमा ल्याएका हौं’, महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले भने । रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि छिट्टै गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्