ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बंगलादेश बैंकको साधारणसभा सम्पन्न

२०७८ मंसिर, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नेपाल बंगलादेश बैंकले २७ औं वार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । बैंकले कोभिड महामारी जोखिमका कारण भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

बैंकका अध्यक्ष ए.आर.एम. नजसमुस शकिवको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्तावित आव ०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३ दशमलव ५० प्रतिशत बोनस शेयर तथा नगद लाभांश कर प्रयोजनार्थ गरी नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

बैंकले आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालक गरी ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।

संस्थापक समूहबाट ए.आर.एम. नजमुस शकिव, एम साह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, टी योगिता दाहाल तथा अमन शाहलाई निर्वाचित गरिएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्