ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

टुनल्यान्ड एम्बुलेन्स नेपाली बजारमा

२०७८ मंसिर, ६  
बजार
Image Not Found

काठमाडौं (अस) । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार फोटोनको विश्वस्तरीय टुनल्यान्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ । सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पिकअप, बस र निर्माण उपकरण उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको टुनल्यान्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको हो । मन्त्रालयको निर्देशिकाबमोजिम ए र बी श्रेणीमा एमबुलेन्स उपलब्ध गराइएको कम्पनीका सेल्स हेड नवीन आचार्यले जानकारी दिए । जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनका लागि कमिन्स्सँग सहकार्य गरेको छ । यसले डिजेल इन्जिनमा फोटोनका गाडी शक्तिशाली मानिन्छन् ।

टुनल्यान्ड एम्बुलेन्समा फोर ह्वील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र सञ्चालन गर्न सकिने सबै मापदण्ड पूरा पालना गरिएको कम्पनीले बताएको छ । एम्बुलेन्सभित्र बिरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधार उपलब्ध रहेकाले अस्पताल लैजाँदा वा ल्याउँदा सहज हुनेछ । अस्पतालको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउनसमेत सकिने कम्पनीले जनाएको छ । २.८ लिटर क्षमताको डिजेल इन्जिन रहेकाले टुनल्यान्ड  एम्बुलेन्सले १२० किलोवाट पावर प्रदान गर्छ भने अधिकतम टर्क ३६० एनएम रहेको छ । यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स, ५ स्पिड म्यानुयल गियरबक्सजस्ता सुविधा छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्