ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सोमवार बढ्यो सुन तथा चाँदीको मूल्य

२०७८ मंसिर, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । सोमवार सुन तथा चाँदीको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू. २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतवार प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार २६० मा कारोबार भएको चाँदी सोमवार रू. १० ले बढेर रू. १ हजार २७० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्