ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कञ्चनपुरमा मंसिर ११ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

२०७८ मंसिर, ६  
सुदूरपश्चिम प्रदेश
Image Not Found

मंसिर ६, कञ्चनपुर । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा १८ वर्ष माथिका उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । मंसिर ११ देखि १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलव्ध भएको छ ।

जिल्ला कोभिड– १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय बमोजिम खोप अभियान सञ्चालन हुने उनले बताए । ‘भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छूट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘स्वास्थ्य कार्यालय कञ्चनपुर र स्थानीय तहमा कोभिसिल्ड, एस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।’

सो दुवै खोप १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रो मात्राको लागि मौज्दातका रुपमा राखिने उनले बताए । पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छूट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ ।

खोप अभियान अन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपांगता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउनका लागि स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप अभियानको दैनिक निरीक्षण तथा अनुगमनको कार्य जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति, स्वास्थ्य कार्यालय र पालिकाको कार्यालयबाट गरिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्