ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुई दिनमा ४० % ले घट्यो पेटीएमको शेयरमूल्य 

२०७८ मंसिर, ६  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ६, नयाँदिल्ली(भारत) । भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको शेयरमूल्य सोमवार पनि १३ प्रतिशतले घटेको छ ।शेयरमूल्य लगातार घट्न थालेपछि  शेयरधनीहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् ।


 कम्पनीको शेयर मुम्बई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो । सोमवारसम्म गरेर कम्पनीको शेयरमूल्य ४० प्रतिशले घटिसकेको छ । कम्पनीको शेयर लगातार घटिरहेकै बेला कतिपय बजार विश्लेषकहरुले  अझै केहिदिनसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ ।

कम्पनीले भारतको अहिलेसम्मकै ठूलो प्रारम्भिक शेयर निष्कासन (आईपीओ) मा २ अर्ब ५० करोड डलर उठाएको थियो । 

केही लगानीकर्ताहरुले घाटामा गइरहेको पेटीएमको व्यवसायिक मोडलबारे चिन्ता व्यक्त गरेका छन् । पेटीएममा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्टबैंकलगायतका लगानी रहेको छ । 
कम्पनीको शेयरमूल्य आईपीओ जारी हुँदाको बेलाभन्दा ४० प्रतिशतभन्दा धेरैले घट्न सक्ने भन्दै यसअघि ग्लोबल ब्रोकरेज म्याक्क्वेरीले भविष्यवाणी गरेको थियो  । एजेन्सी

 

यो पनि हेर्नुस् :

आईपीओ जारी भएसँगै पेटीएमका ३५० जना कर्मचारीहरु मिलेनियर बन्दै

पेटीएममा १ अर्ब डलर लगानी थपियो

पेटीएमबाट के शिक्षा लिने ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्