ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा महालक्ष्मी विकास बैंकसहित पाँच ओटा पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  उक्त अवधिसम्ममा महालक्ष्मी विकास बैंक, ग्लोबल आइएमई समुन्न स्किम १, सानिमा इक्विटी फण्ड,आईसीफसी फाइनान्स र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम - १ को ८ लाख १३ हजार ७२८ इकाई खरीद माग रहेको छ । 

त्यसैगरी महालक्ष्मी विकास बैकको ८ लाख ७ हजार २०४ कित्ता, सानिमा इक्विटी फण्डको ३ लाख २१ हजार ९०० इकाई, आइसीएफसी फाइनान्सको २ लाख ६५ हजार ८३९  कित्ता र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को २ लाख ६१ हजार ८०० इकाई खरीद माग रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्