ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आईपीओ जारी गर्ने तयारीमा रहेका ५ ओटा जीवन बीमा कम्पनीको नाफा २५ करोड ६१ लाखभन्दा बढी

सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफको 

२०७८ मंसिर, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । सर्वसाधारणमा आईपीओ निष्कासन तयारीमा रहेका पाँच ओटा जीवन बीमा कम्पनीले चालू आवको पहिलो त्रैमासमा कुल रू. २५ करोड ६१ लाख नाफा कमाएका छन् ।

ती पाँच ओटा कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा पाँच ओटा कम्पनीले रू. २१ करोड ९८ लाख ९५ हजार नाफा कमाएका थिए ।  

पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिलायबल लाइफ  इन्स्योरेन्स कम्पनीले रू. ७ करोड ४५ लाख ३४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १३ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा सिटीजन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ६ करोड २२ लाख नाफा कमाएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी सन् नेपाल लाइफ इन्स्योरेन्सको नाफा गत आवको तुलनामा चालू आवमा ९७ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । 

 गत आवमा रू. २ करोड ५४ लाख ७८ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.५ करोड २ लाख २७ हजार नाफा कमाएको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवमा रू. ३ करोड ६१ लाख ७० हजार आम्दानी गरेकोमा चालू आवमा वृद्धि भएर रू. ६ करोड ८० लाख ६६ हजार पुगेको छ । सोही कारण कम्पनीको नाफा बढ्नमा टेवा पुगेको हो । 

त्यसैगरी ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा मात्र रू. १ अर्ब २४ करोड ३२ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ६२ करोड ८ लाख १६ हजार बीमाशुल्क आर्जन गरेको थियो । 

पाँच ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले रू. ११२ प्रिमियम मूल्यमा प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्नका लागि बीमा समितिबाट स्वीकृती पाएको छ भने अव धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्नेछ । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरमा ६० लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

ती दुबै कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बाँकी तीन ओटा कम्पनीले आवश्यक प्रत्रिया पुरा गरेर बीमा समितिको स्वीकृति पश्चात धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । 


स्रोत : ती कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्