ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कर्मचारी सञ्चय कोषद्वारा सिभिल मललाई ऋण तिर्न ३५ दिने ताकेता  

२०७८ मंसिर, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । कर्मचारी सञ्चय कोषले  सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ ।

कोषले सोमवार सूचनामार्फत उक्त कम्पनीलाई काठमाडौंको सुन्धारास्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न भनेको हो । व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा उक्त कम्पनी रहेको छ ।

ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले उक्त अवधिभित्र ऋण तिर्न नआए सिभिल मल लिलामी गर्ने बताएको छ । यदि धितोबाट रकम असुली नभए जमानी दिनेहरुको व्यक्तिगत सम्पत्तिबाट असुल गरिने पनि सूचनामा उल्लेख छ ।

उक्त कम्पनी सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् । ८२ हजार ९५ वर्गफिटको उक्त मलमा १३२ पसल कबल रहेका छन् ।

मल धितोमा राखेर ऋण लिंदा उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोष स्रोतमा अनुार कम्पनीले करिब २० करोड रूपैयाँ ऋण तिर्न बाँकी छ । नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको  कोषका एक अधिकारीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्