ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२७६५.४३ विन्दुमा नेप्से, ३ अर्ब ९२ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ९० अंक अर्थात् शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । 

यो दिन नेप्से परिसूचक २ हजार ७६५ दशमलव ४३ विन्दुमा पुगेको हो । यो दिन बजारमा सुधार आएको छ । अघिल्लो कारोबार दिन दोहोरो अंकले घटेको बजार सोमवार भने झिनो अंकले सुधार भएको हो ।

यो दिन कारोबारमा आएका २२५ओटा धितोपत्रको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर रू.३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रमध्ये मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८०९ दशमलव २० पुगेको छ । 

त्यसैगरी दोस्रोमा चन्द्रागिरी हिल्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ७५ प्रतिशतले वृद्धि भएर रू. १ हजार ७०० पुगेको छ । त्यसैगरी यो दिन शेयरमूल्य घट्नेमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरमूल्य अघिल्लो दिनको तुलनामा ४ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१४ दशमलव १० मा झरेको हो ।

 त्यसैगरी दोस्रोमा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ३ दशमलव ७० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८८४ मा झरेको हो । 

सोमवार सर्वाधिक शेयर खरीदविक्री भने महालक्ष्मी विकास बैंकको भएको छ । उक्त कम्पनीको रू. ३४ करोड ४१ लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४० मा बन्द भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये आठ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । 

समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी होटल एण्ट टुरिजम समूहको परिसूचक ४ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ५१ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव ३४ प्रतिशत निर्जीवन बीमा समूहको शून्य दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै अन्य समूहको १ दशमलव ३३ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ३६ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।

 त्यसैगरी समूहगत परिसूचक घट्नेमा विकास बैंक समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत,वित्त समूहको शून्य दशमलव ८८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३८ प्रतिशत,माइक्रोफाइनान्स समूहको शून्य दशमलव २७ प्रतिशत र जीबन बीमा समूहको परिसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ । 

यतिबेला लगानीकर्ता मौद्रिक नीति समिक्षाको पर्खाइमा रहेको देखिएको छ । सोही कारण  पनि बजार बढ्न पनि सकेको छैन ।  मौद्रिक नीति समिक्षामा शेयर धितो कर्जाको सिमा र सिडी रेशियोमा केही हेरफेर  हुने हो भने त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव बजारमा पर्ने बजार विश्लेषकहरुले बताएका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्