ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अख्तियारद्वारा सव-इञ्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ मंसिर, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इञ्जिनीयर दिपेन्द्र कुमार केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको टोलिले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरा, काठमाडौंमा कार्यरत  सव-इञ्जिनीयर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीबाट २ लाख रुपैयाँ घूस लिएको अवस्थमा पक्राउ गरेको थियो ।

सेवाग्राहीबाट घूस लिएको स-प्रमाण पुष्टि भएको भन्दै अख्तियारले बीगो बमोजिमको जरिबाना तथा कैद सजाय माग दावी लिई सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्