ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थपिए ३८५ जना कोरोना संक्रमित, २५८ जना संक्रमणमुक्त

२०७८ मंसिर, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ६९७ जनामा गरिएको परिक्षणमा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५०० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख १९ हजार ३८६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्