ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

भरतपुर रंगशालाको निर्माणलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ : अर्थमन्त्री

२०७८ मंसिर, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताएका छन् ।

 

चितवनमा सोमवार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम चार महीनादेखि ठप्प रहेको छ ।  धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको उक्त रंगशालाको काम बजेट अभावमा ठप्प रहेको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले केहि दिन अघि मात्र रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राखेपछि अर्थमन्त्रीले सरकारले रंगशाला निर्माणतर्फ सोच बनाएको बताए ।

नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने पनि बताए ।

साथै उनले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इर्ष्या गर्न लायक विकास भएको बताए । उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इर्ष्या  जागेको बताए । 

‘यो इर्ष्या  भनेको सकारात्मक इर्ष्या  हो, देशभर सवैले सिक्न लायक विकास हो’, उनले भने, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’ 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्