ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शतप्रतिशत हकप्रद शेयर विक्री गर्न स्वीकृति पाएको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था :

२०७८ मंसिर, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । नारायाणी डेभलपमेन्ट बैंकले पछिल्लो समय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत मंसिर ३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले असार ४ गते उक्त हकप्रद शेयर विक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

अनुमति पाएसँगै कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । कम्पनीले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न कम्पनीलाई स्वीकृति दिएसँगै सोही अनुपातमा हकप्रद निष्कासनको स्वीकृति कम्पनीले पाएको हो । यसअघि पनि कम्पनीले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

पूँजी वृद्धिमा जोड दिएको उक्त कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति रू. ३५ करोड २१ लाख ३४ हजार छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको कुल सम्पत्ति रू. ३२ करोड ५७ लाख ७२ हजार थियो । यस वर्ष कम्पनीको कुल सम्पत्ति रकम पनि बढेको छ । 

पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १७ करोड ८ लाख ४४ हजार र शेयर प्रिमियममा रू. २९ लाख ५६ हजार छ । यस अवधिसम्म कमपनीले रू. ९ लाख ११ हजार खुद नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ४७ लाख ४ हजार खुद नोक्सानीमा थियो ।

यस वर्ष कम्पनीले खुद नोक्सानी भने घटाएको  छ । पहिलो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. २ दशमलव ७८ ऋणात्मक छ । 

सोमवारको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ९४९ कायम भएको छ । यस दिन कम्पनीको रू. ३ करोड ६५ लाख १ हजार ९०४ बराबरको ३७ हजार ७९३ कित्ता शेयर खरदिविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्