ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु

२०७८ मंसिर, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले  आज (सोमवार) देखि आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु गरेको छ ।

यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो । 

साथै, अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा  आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको छ । 

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ ओटा शाखा, १२३  ओटा एटिएम र ११३ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १२ लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्