ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बिट्क्वाइन शहर बनाउँदै एल साल्भाडोर

२०७८ मंसिर, ६  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ६, सान साल्भाडोर (एल साल्भाडोर) । एल साल्भाडोरले ज्वालामुखी नजिक बिटक्वाइन शहर निर्माण गर्ने योजना बनाएको छ ।

यसका लागि आवश्यक रकमको जोहो क्रिप्टोकरेन्सीबाटै गरिने यहाँका राष्ट्रपति नायिम बुकेलले शनिवार घोषणा गरेका हुन् । यो शहरमा आवासीय र व्यवसायी क्षेत्र, सेवा, मनोरञ्जन, रेष्टुराँ र एउटा विमानस्थल पनि हुने बताइएको छ ।

शहरलाई दसक्षण पूर्वी एल साल्भाडोरको कनचागुवा ज्वालामुखी नजिक बनाइनेछ । शहरको निर्माण कार्य २०२२ मा शुरु हुनेछ । यहाँ मूल्य अभिवृद्धि कर बाहेक अन्य कुनै कर लागू हुने छैन । 

जुनमा एल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको थियो । तर सेप्टेम्बरमा यहाँका हजारौं जनताले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिँदा अस्थीरता हुन सक्ने भय व्यक्त गर्दै सो कानूनको विरोध गर्दै सडकमा प्रदर्शन गरेका थिए । सरकारले बिट्क्वाइन वालेट पनि लञ्च गरेको छ ।

एल साल्भाडोरले डिजिटल एसेट पूर्वाधार कम्पनी ब्लकस्ट्रिमसँगको सहकार्यमा बिट्क्वाइन ऋणपत्र जारी गरेर करीब १ अर्ब डलर उठाउने योजना पनि बनाएको छ ।

यसबाट संकलन भएको आधा रकम बिट्क्वाइन खरीदमा प्रयोग हुनेछ भने बाँकी ५० करोड डलर ऊर्जा र बिट्क्वाइन उत्खनन पूर्वाधारमा लगानी गरिने सरकारले बताएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्