ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एमाजन इन्डियाका कार्यकारीहरुमाथि लागू औषध तस्करीको अभियोग

२०७८ मंसिर, ६  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ६, नयाँदिल्ली (भारत) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनको भारतीय व्यवसायका वरिष्ठ कार्यकारीहरुमाथि लागू औषध तस्करी गरेको अभियोग लगाइएको छ ।

गाँजा तस्करी अभियानको हिस्सा अन्तर्गत कम्पनीको वेबसाइटलाई दुई जना व्यक्तिले जानाजानी प्रयोग गरेपछि प्रहरीले सो अभियोग लगाइएको हो । 

गत हप्ता मध्यप्रदेशका प्रहरीले भारतका अन्य राज्यहरुमा २० केजी लागू औषध तस्करी गरेको आरोपमा पक्रिएका थिए । ती दुईले प्राकृतिक स्वीट्नर स्टेभियाको पातको भनेर गाँजाको व्यापार गरेको प्रहरीले बताएको छ । आफूले गैरकानूनी सामानको सूचीकरण र विक्रीको अनुमति नदिएको एमाजनको भनाइ छ । 

गैरकानूनी सामानसम्बन्धी कानून तोडेको पाइएका विक्रेताहरु विरुद्ध आफूहरुले कठोर कदम चाल्ने गरेको पनि कम्पनीले बताएको छ । यस मामिलाबारे आफूहरुलाई सूचित गरिएको र अहिले कम्पनीले यसबारे अनुसन्धान गरिरहेको सो अभियोगको प्रतिक्रियामा एमाजनले एक विज्ञप्तिमा भनेको छ । एमाजन इन्डियाका कार्यकारी निर्देशकहरुलाई लागू औषध तथा साइकोट्रोपिक पदार्थ ऐन अन्तर्गत अभियोग लगाइएको राज्य प्रहरीले बताएको छ । 

कति जना कार्यकारीहरुमाथि अभियोग लगाइएको छ भनेर अधिकारीहरुले खुलाएका छैनन् । कम्पनीको वेबसाइटमार्फत कुल १ हजार केजी गाँजा विक्री वितरण भएको अनुमान प्रहरीको छ । यसको मूल्य १ लाख ४८ हजार डलर बराबरको भएको बताइएको छ । 

एमाजन इन्डियामाथि प्रतिस्पर्धा तोडेको सम्बन्धी मामिलामा समेत अनुसन्धान भइरहेको छ । हालैका वर्षहरुमा भारतीय अधिकारीहरुले अवैध लागू औषधको ओसारपसार र प्रयोग दुवैलाई रोक्ने प्रयास तीव्र पारिरहेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्