ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

वाणिज्य इजलासमा मुद्दा न्यून

२०७८ मंसिर, ७  
१० वर्ष अघि
NA

अर्थ र वाणिज्य क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा विशेषज्ञतामा आधारित न्याय दिन स्थापना गरिएको वाणिज्य इजलासमा विगत डेढ वर्षमा अत्यन्त थोरै मुद्दा परेका छन् ।

मन्त्रिपरिषद्को २०६५ पुस ९ गते बसेको बैठकले वाणिज्य इजलास गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णायअनुसार २०६५ साल माघ १ गते ४ वटा पुनरावेदन अदालतमा वाणिज्य इजलास गठन गरेको थियो । तिनमा हाल पूर्वाञ्चलको विराटनगर, मध्यमाञ्चलको पाटन, पश्चिमाञ्चलको बुटवल र मध्य तथा सुदूर पञ्चिमाञ्चलको नेपालगन्जको वाणिज्य इजलास गठन गरिएको छ । सरकारले २०६७ जेठ महिनादेखि हेटौडामा समेत वाणिज्य इजलास थपेको छ ।

नेपाजलगन्जको वाणिज्य इजलासमा हालसम्म एउटा पनि मुद्दा परेको छैन । चालू आवको अन्त्यसम्म वाणिज्य इजलासम पाटनमा जम्मा ८७ वटा मुद्दा परेकामा ३१ वटा फस्र्यौट भइसकेका छन् । त्यसैगरी विराटनगरमा परेका ५ वटा मुद्दामध्ये २ वटा फस्र्यौट भएका छन् । बुटवलको वाणिज्य इजलासमा के कति मुद्दा परेका छन् भन्नेबारे सम्बन्धित निकायसँग विवरण छैन ।

वाणिज्य क्षेत्रमा आउने मुद्दाहरूलाई छुट्टै इजलास मार्फत कारबाही र किनारा गर्नेगरी तोकिएको वाणिज्य इजलासमा पुनरावेदन अदालतका न्यायाधीशले नै मुद्दा हेर्ने गरी व्यवस्था मिलाइएको छ । वाणिज्य इजलासले दामासाही ऐन २०६३, कम्पनी ऐन २०६३, प्रतिस्पर्धा प्रवद्र्धन सम्बन्धी ऐन २०६३। सुरक्षित कारोबार ऐन २०६३ र बैकिङ कसुर ऐन २०६४ का क्षेत्रमा उत्पन्न हुने विवादसँग सम्बन्धित मुद्दाहरू हेर्न सक्ने व्यवस्था छ ।

वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्