ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आँखुखोला जलविद्युतद्वारा शेयर अभौतिकीकरण गर्न अनुरोध

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर तथा संस्थापक शेयर नेप्से र सिडिएस तथा क्लियरिङमा सूचीकृत भइसकेकोले शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीबाट सटही हुँदै आएको शेयर सर्टिफिकेट कार्य बन्द भइसकेको हुनाले संस्थापक शेयरधनीले पुरानो सर्टिफिकेट लिएर कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलबाट नयाँ सर्टिफिकेट लिई आफ्नो निक्षेप सदश्यकोमा सम्पर्क गरी शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

साथै, कम्पनीले आयोजना प्रभावित स्थानीय शेयरधनीहरुलाई पनि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर सर्टिफिकेट लिएर निक्षेप सदश्यकोमा सम्पर्क गरी डीआरएन मार्फत शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्