ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ह्वील चेयर र स्ट्रेचर नहुँदा बिरामीलाई सास्ती

२०७८ मंसिर, ७  
प्रदेश ०१
NA

धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ह्वील चेयर र स्ट्रेचर पर्याप्त नहुँदा बिरामी तथा बिरामीका आफन्तले सास्ती खेप्नुपरेको छ ।

प्रतिष्ठानमा उपचारका लागि ल्याइएका बिरामीलाई बाहिर–भित्र गराउन चाहिने ह्वील चेयर र स्ट्रेचरको अभाव हुँदा उपचारमा असहज भएको छ । वार्डमा राखेका हिँड्न नसक्ने बिरामीको सीटीस्क्यान, भिडियो एक्स–रे लगायत परीक्षण गर्न सम्बन्धित विभागसम्म पुर्‍याउनुपर्छ । तर आवश्यकता अनुसार ह्वील चेयर र स्ट्रेचरनै नपाउँदा समस्या हुने गरेको गुनासो छ । सीटीस्क्यान, भिडियो एक्सरे गर्न मिलाएर जानुपर्ने अवस्था भएकाले १० मिनेटमा हुने कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्