ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एशियन लाइफको बीमाशुल्क भुक्तानी सम्झौता

२०७८ मंसिर, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमाशुल्क खल्तीबाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा सबै प्रकारका भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफको नवीकरण बीमाशुल्क सेवाग्राहीले छिटो, छरितो तथा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।

५,००० रुपैयाँमाथिको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपरे ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य प्रमाणित गर्नुपर्नेछ । खल्ती वालेट प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, सरकारी कर तथा सेवाशुल्क तिर्ने सकिनेलगायत सेवा लिन सकिन्छ । एशियन लाइफले हाल १४० शाखा सञ्जालमार्फत बीमा सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्