ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एनसेलको स्वास्थ्य पहललाई विट्सा र एसोसीओ अवार्ड

२०७८ मंसिर, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सेवाबाट वञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको हो । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारेर यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरे ।

वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलायन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ् इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ का विजेताको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रूपमा ई–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधाअन्तर्गत जितेको हो ।

त्यस्तै, गत कात्तिक २६ गते ढाकामा आयोजित वल्र्ड कंग्रेस अन इन्फरमेसन एन्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा्अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । कार्यक्रममा विभिन्न २४ देशका ३५ संघ–संस्था तथा कम्पनी  एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

‘१०० भन्दा बढी योग्य, नवीन तथा राम्रा आवेदनको समीक्षा गर्ने हामीले मौका पायौं’, विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संघ–संस्थाहरूको छाता संगठन विट्साका महासचिव जीम पोइसन्टले कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने ।

इनोभेटिभ इ–हेल्थ सोलुसन्सअन्तर्गत एनसेल पुरस्कृत भएको हो । दूरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायलाई तिनको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो ।

यो कार्यक्रम धुलिखेल अस्पतालअन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रमा लागू गरिसकिएको छ । कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विशेषज्ञ डाक्टरसँग परामर्श लिन सक्छन् । ‘हाम्रो सामाजिक जिम्मेवारीअन्तर्गत सुरु गरिएको स्वास्थ्यसम्बन्धी नविन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकामा  खुसी छौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्