ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा ०.२४ अंक बढ्यो नेप्से, १० ओटा कम्पनीको मात्र शेयर कारोबार

२०७८ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशलमव २४ अंकले बढेको छ । 
प्रि - ओपन सेसनमा नेप्से २ हजार ७६५ दशमलव ६८ विन्दुमा पुगेको हो ।

सो अवधिमा कारोबारमा आएका १० ओटा कम्पनीको ६४२ कित्ता शेयर रू. ४ लाख ६२ हजार ५०९ मा खरीदविक्री भएको हो । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । उक्त कम्पनीको रू.१ लाख ७३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

त्यसैगरी कारोबारमा आएका १० ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने चार ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्