ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मानुषी लघुवित्तको शेयरमूल्य १०% ले वृद्धि, प्रतिकित्ता मूल्य रू.१९९०.१० पुग्यो

२०७८ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार पनि मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

 बजार खुलेको १० मिनेटमै उक्त कम्पनीको शेयरमूल्यमासकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९९० दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

अघिल्लो कारोबार दिन पनि कम्पनीेको शेयरमूल्य १० प्रतिशले वृद्धि भएको थियो । कम्पनीको शेयरमूल्यमा एकसाता यतादेखि सकारात्मक सर्किट लाग्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्