ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्स लघुवित्तको २१.०५ % लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गतेदेखि २४ गतेसम्म गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २४ गते साधारण सभा आयोजना गरेको छ ।  सभा होटल वाटर टावर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे बोलाएको कम्पनीले बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्