ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

३२.६८ % लाभांश पारित गर्न सबैको लघुवित्तले बोलायो पुस ३ गते साधारण सभा 

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा पुस ३ गते बोलाएको छ ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्